September 23, 2017

दोस्रो एकदिवसीय खेलमा जिम्बाबेविरुद्ध श्री लंका ७ विकेटले विजयी

काठमाण्डौ, १८ असार । श्री लंका भ्रमणमा रहेको जिम्बाबेले दोस्रो एकदिवसीय खेलमा ७ विकेटले हार बेहोरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले ३३.४ ओभरमा अलआउट हुँदै जम्मा १ सय ५५ रन बनाउन सक्यो । जिम्बाबेका लागि ह्यामिल्टन मस्काजाले ४१, म्यालकम वालरले ३८ र क्रेग इरभेनले २२ रन बनाउनु बाहेक अरु खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सकेनन् ।

जिम्बाबेको इनिङ ध्वस्त पार्ने क्रममा लक्षन सन्डाकनले ४ तथा वानिडु हसरंगाले ३ विकेट लिए । त्यस्तै नुवान प्रदीप, असेला गुनरत्ने र दनुसंका गुनथिलाकाले समान १–१ विकेट लिए ।

यत १ सय ५६ को सामान्य लक्ष्य पछ्याएको श्री लंकाले ३०.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । उसका लागि निरोसन डिकवेलाले ३५, उपुल थारंगाले नटआउट सर्वाधिक ७५ र कप्तान एन्गोले म्याथ्युजले पनि नटआउट २८ रन बनाए ।

जिम्बाबेका लागि तेन्दी चताराले २ र कप्तान ग्रिम क्रिमरले १ विकेट लिए । श्री लंकाबाट ४ विकेट लिएका सन्डाकन ‘म्यान अफ द म्याच’ चुनिए ।

यो जीतसँगै ५ खेलको श्रृंखलामा १-१ को बराबरी भएको छ । तेस्रो खेल ६ जुलाईमा हुनेछ ।