Breaking News

नवलपरासीको विभिन्न स्थानीय तहको नतिजा सार्वजनिक, मिश्रित परिणाम

प्रकाश न्यौपाने / नवलपरासी, १८ असार । पाल्हि नन्दन गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपक गुप्ताले ४ हजार ३ सय ४१ मत र उपप्रमुखमा नेपाली कांग्रेसकी पवित्रा कोहारले ३ हजार ९ सय ९० मत ल्याएर विजयी भएकी छिन् ।

त्यस्तै सरावल गाउँपालिका प्रमुखमा फोरम लोकतान्त्रिकका राधेश्याम चौधरीले ५ हजार ४५ मत र उपप्रमुखमा नेपाली कांग्रेसकी उत्तमा रायले ४ हजार ४ सय ५८ मत ल्याई विजयी भएका छन् । सुनवल नगरपलिका मेयरमा नेपाली कांग्रेसका भिम बहादुर थापा ५ सय २५ मत अन्तरले विजयी भएका छन् । भने उपमेयरमा दधिराम अर्यालले १ हजार ३ सय ६५ मत अन्तरले जित हासिल गरेका छन् ।

रामग्राम नगरपालिका मेयरमा नेपाली कांग्रेसका नरेन्द्र कुमार गुप्ताले जितेका छन् भने उपमेयरमा पनि नेपाली कांगे्रसकै राम्भा कुँवरले जित हात पारिन् । प्रतापपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका राजकुमार शर्मा विजयी हुँदा उपाध्यक्षमा अन्जु चौधरी विजयी भइन् ।

सुस्ता गाउँपालिका प्रमुखमा एमालेका राम प्रसाद पाण्डे ३ हजार ५ सय ११ र उपप्रमुखमा इन्द्रकुमारी चौधरी ३ हजार ५ सय ६२ मतले विजयी भइन् ।

shares