एमाले सांसद लिम्बुको निधनमा शोक प्रस्ताव पारित

काठमाण्डौ, १८ असार । व्यवस्थापिका संसदको आईतबारको बैठकले एमाले सांसद महिन लिम्बुको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख ओनसरी घर्तिले लिम्बुको निधनप्रति शोक प्रस्ताव पढेर सुनाएकी थिइन् । बहालवाला सांसद लिम्बुको असार १० गते निधन भएको थियो । क्यान्सरपीडित लिम्बुको धरानमा उपचारका क्रममा निधन भएको थियो । बैठकमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

अर्को बैठक भोलि बिहान ११ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार संसदमा सोमबारदेखि वार्षिक बजेटका विधेयकमाथि छलफल हुनेछ ।