
डोटी,१८ असार । दोस्रो चरण स्थानीय तहकाे निर्वाचनमा पहिलो मेयर महिलाकाे रुपमा एमालेकी उम्मेदवार मञ्जु मलासी निर्वाचित भएकी छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिमा एमालेका तर्फबाट मेयर पदकी उम्मेदवार मलासीले ४ हजार ४ सय १८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रस मेयर पदका उम्मेद्वार बाजीसिंह खड्काले ४ हजार १ सय ५२ मत पाउनु भएको छ ।
यस्तै उपमेयरमा पनि नेकपा एमालेका उम्मेद्वार शिवराज खड्का ४ हजार ५ सय ३७ मत साथ विजयी भएका छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेस उपमेयर पदकी उम्मेद्वार प्रसिस महराले ४ हजार ९३ मत प्राप्त गरेकी छन् ।
दोस्रो चरण स्थानीय तहकाे चुनावमा ३ सय ३४ तह मध्ये १ सय ६० भन्दा बढीको अन्तिम मतपरिणाम आइ सक्दासम्म उनि पहिलो मेयर महिलाका रुपमा निर्वाचित भएकी छन् ।