September 21, 2017

नवलपरासीको सरावल गाउपालिकाको अध्यक्षमा लोकतान्त्रिक फोरम विजयी

नवलपरासी, १८ असार । नवलपरासीको सरावल गाउपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएकाे छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष पदका उम्मेद्वार राधेश्याम चौधरीले  ५ हजार ४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार प्रदिप अग्रहरिले ३ हजार ९ सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै  उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी  उम्मेद्वार उत्तमा राय ४ हजार ४ सय ५८ निर्वाचित भएकी छन्। उनकी  निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी सुनिता हरिजनले ४ हजार ३ सय ४३ मत प्राप्त गरिन्।