अछामकाे मंगलसेन नगरपालिकमा एमाले मेयर उपमेयर सहित विजयी

अछाम १८ असार । जिल्लाकाे मंगलसेन नगरपालिकमा कांग्रेस -माअाेवादी गठबन्धनलार्इ पछि पार्दै एमालेले मेयर उपमेयर सहित विजयी हासिल गरेकाे छ ।

मंगलसेन नगरपालिका एमालेका मेयर पदका उम्मेद्वार पदम बोहरा ४ हजार ६ सय ९१ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस -माअाेवादी गठबन्धनका मेयर पदका उम्मेद्वार चन्द्रप्रसाद ढुंगानाले ४ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा पनि एमाले कै उपमेयर पदकी उम्मेद्वार सरिता उपाध्याय ४ हजार ९ सय ११ मत सहित निर्वाचित भएकी छन् । भने उनकी प्रतिपर्धी कांग्रेस -माअाेवादी गठबन्धनकी उपमेयर पदकी उम्मेद्वार रोहिना भण्डारीले ३ हजार ७६ मत ल्याएकी छन् ।