गैरकानुनी आप्रवासी विरुद्ध मलेसियाले सुरु गरेको धरपकडमा १ सय ४ नेपाली पक्राउ

काठमाण्डौ, १८ असार । गैरकानुनी आप्रवासी विरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियान अन्तरगत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् ।

तीमध्ये १सय ४ जना नेपाली रहेका छन् । स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् । मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट (जुलाई १) देखि नै देशव्यापी धरपकड थालेको हो ।

उक्त अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्वालालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । याे  खबर कान्तिपुर दैनिकमा छ ।