इलामकाे माङसेबुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्ष एमाले विजयी

इलाम, १८ असार । इलामकाे माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएकाे छ ।

नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३ हजार ७ सय ५९ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी एमालेका हेमन्त राईले ३ हजार १सय ५१ मत पाएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी सुनिता योङहाङ २ हजार ९ सय ८१ मत सहित विजयी भइन् ।

उनका निकटतम प्रतिस्पर्धी  संघीय समाजवादी फोरम उपाध्यक्ष पदका उम्मेद्वारले विनोद कुमार नम्बाङ्गले २ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् ।