यस्तो छ खोटाङको २ नगर र १ गाउँपलिकाको पछिल्लो स्थिति

खोटाङ, १७ असार । खोटाङको मतगणना भइरहेको २ नगरपालिका र १ गाउँपालिकाको मतपरिणाम अनुसार, एमालेले दुईमा र कांग्रेसले एकमा अग्रता कायम गरिराखेको छ ।

रुपाकोट मझुवागढी नगरपालिकामा एमालेका दिपनारायण रिजाल ४ हजार ६ सय ८७ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिद्वन्दी कांग्रेसका राजनसेर साई ४ हजार १ सय ७४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि एमालेकै बिणादेवी राई ४ हजार ८ सय ५ मतका साथ अग्रस्थानमा छिन् ।

अर्काे हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा क्रमशः कांग्रेसका इवन राई र बिमला राई अग्रस्थानमा छन् । उनीहरुले क्रमशः २ हजार ६ सय २६ र २ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् ।

खोटेहाङ गाउँपालिकामा भने एमालेले अग्रता कायम गरिराखेको छ । प्रमुखमा प्रदीप राईले २ हजार ९० र उपप्रमुखमा उषाकुमारी कविता राईले २ हजार १९ मत प्राप्त गरेकी छिन् ।