October 22, 2017

ईटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीबीच झडप

अमर काफ्ले / ईटहरी १२ वैशाख । संघीय लिम्बुवानले निकालेको लाठी जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि ईटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले लाठी खोस्ने क्रममा मोर्चा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुडा गरेको बताए । सो क्रममा प्रहरीसहित आधा दर्जन बढी घाइते भएको उनले जानकारी दिए । प्रहरीले लिम्बुवान कार्यकतालाई रोक्ने क्रममा सामान्य घम्साघम्सी मात्र भएको बताएको छ ।

लिम्बुवान कार्यकर्ताहरुले आफूहरुको पूर्व घोषित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केही सवारी साधनमा तोडफोड समेत गरेका छन् ।