Breaking News

एमालेको अर्धशतक, कांग्रेस ३७ स्थानमा विजयी

काठमाण्डौ, १७ असार । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहको नतिजा आउने क्रम जारी छ ।

अहिलेसम्म सार्वजनिक भएका नतिजा अनुसार एमालेले ५० स्थानीय तहमा जीत दर्ता गरेको छ । जीतसँगै एमालेले ७४ स्थानमा अग्रता कायम गरिराखेको छ । कांग्रेसले एमालेलाई पछ्याउने क्रममा ३७ स्थानमा जित्दा ७७ स्थानमा अग्रता बनाइराखेको छ ।

त्यस्तै माओवादी केन्द्रले १९ स्थानीय तहमा जीतेको छ । उसले २० स्थानमा अग्रता बनाइराखेको छ । त्यस्तै अन्यले ३ स्थानमा जीत गर्दा १५ स्थानमा अग्रता बनाइराखेका छन् ।

shares