November 19, 2017

अमेरिकाको एक अस्पतालमा अन्धाधुन्ध गोली चलाउने बन्दुकधारीले आत्महत्या गरे

काठमाण्डौ, १७ असार । अमेरिकाको न्युयोर्क अस्पतालमा गोली चलाउने एक बन्दुकधारीले आत्महत्या गरेका छन् ।

एक हजार शैया भएको बांन्क्स लेबनन अस्पतालमा अन्धाधुन्ध गोली चलाएपछि अन्त्यमा ती बन्दुकधारीले आफैलाई गोली प्रहार गरेका हुन् । चिकित्सकको पोशाकमा अस्पताल छिरेका ती व्यक्तिको नाम हेनरी बेलो रहेको र उनी अस्पतालकै पूर्व चिकित्सक रहेको बताइएको छ । गोली लागि एक जनाको मृत्यु र तीन डाक्टरसहित ६ जना घाइते भएको बताइएको छ ।

आक्रमणकारीले १७ राउण्ड गोली चलाएको बताइएको छ । घटनापछि अस्पतालका सम्पूर्ण काम बन्द गरिएको छ ।