तेस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजविरुद्ध भारत ९३ रनले विजयी, ५ खेलको शृंखलामा भारत २–० ले अघि

काठमाण्डौ, १७ असार । वेष्ट इण्डिजविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा भारत ९३ रनले विजयी भएको छ ।

सर भिभियन रिचार्डस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५१ रन बनाएको थियो । खराब सुरुवातका बावजुद भारत अजिन्क्या रहाणे, महेन्द्र सिंह धोनी र केधार जाधवले उत्कृष्ट ब्याटिङ गरेपछि सम्मानजनक योगफल बनाउन सक्षम भएको हो । रहाणाले ७२, धोनीले नटआउट ७८ र जाधवले नटआउट ४० रन बनाए । वेष्टइण्डिजका मिग्युल कुमिन्सले तथा ज्यासन होल्डर र देवेन्द्र विश्वले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको वेष्टइण्डिज ३८.१ ओभरमा १ सय ५८ रनमा अलआउट भयो । वेष्टइण्डिजका ज्यासन मोहम्मदले सर्वाधिक ४० रन बनाए । वेष्टइण्डिजलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विन र कु्लदीप यादवले समान ३–३ विकेट लिए । यस्तै, हार्दिक पाण्डेले २, केधार जाधव र उमेश यादवले १–१ विकेट लिए । जीतसँगै ५ खेलको शृंखलामा भारत २–० ले अगाडि पुगेको छ । चौथो वान डे भोलि हुनेछ ।