October 23, 2017

आइपिएल अन्तर्गत आज बेंग्लोर र हैदराबाद भिड्दै

काठमाण्डौ, १२ वैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग ‘आइपिएल मा आज रोयल च्यालेञ्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

बेंग्लोरको चिन्नास्वामी स्टेडियममा हुने खेलमा बेंग्लोर र हैदराबाद भिड्न लागेका हुन् । हैदरावाद ७ खेलमा ४ जित र ३ हारका साथ ८ अंक बटुल्दै अंक तालिकाको तेस्रो स्थानमा छ । बेङ्लोर भने अंक तालिकामा पुछारमा रहेको छ । बेङलोरको ७ खेलमा ५ हार र २ मात्र जित रहेको छ ।

यसअघि हिजो भएको खेलमा पुनेले मुम्बई इण्डियन्समाथि ३ रनको रोमाञ्चक जित निकालेको थियो ।