दाङको घोराही उपमहानगर प्रमुख-उपप्रमुखमा एमालेको फराकिलो अग्रता

काठमाण्डौ, १७ असार । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएको दाङको घोराही उपमहानगरपालिकामा मतगणना जारी छ ।

मतगणना जारी रहँदा नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले अग्रता कायम गरिराखेको छ । प्रमुखमा एमालेले ८ हजार ९ सय ७१ मत प्राप्त गरेको भने कांग्रेसले ६ हजार ७ सय ७ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा एमालेले ८ हजार ४ सय ८४ मत प्राप्त गर्दा कांग्रेसले ६ हजार ८ सय ७१ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले प्रमुखमा ४ हजार ४ सय ११ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा ४ हजार ६ सय २६ मत प्राप्त गरेको छ ।