Breaking News

बाजुराकाे स्वामीकार्तिक गाउँपालिकामा एमाले बिजयी

बाजुरा १७ असार । बाजुराको स्वामीकार्तिक गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजय भएकाे छ ।

एमालेका अध्यक्ष पदका उम्मेद्वार चिरन्जीवी शाहीले  २ हजार ४ सय ५९ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार भरतवहादुर रोकायले १ हजार ७ सय ५६ मत प्राप्त गरेका हुन ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै मीना बुढा २ हजार ३ सय ६० मतका साथ निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी  कांग्रेस उपाध्यक्ष पदकी उमेद्वार  मैमा जोशीले १ हजार ६ सय ७९ मत पाएकी छन् ।

shares