Breaking News

अछामकाे कमलबजार नगारपालिकाकाे मेयर उपमेयरसहित कांग्रेस विजयी

अछाम, १७ असार । अछामको कमलबजार नगरपालिकाकाे मेयर र उपमेयर सहित नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार अोमप्रकाश विष्टले ३ हजार पाँचसय ८७ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मेयर पदका उम्मेद्वार दिपकप्रसाद अधिकारीले ३ हजार २ सय ७७ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी भुमिशरण बजगाइले ३ हजार ६ सय ७२ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) उपमेयर पदकी उम्मेद्वार मिना अधिकारीले ३२ सय ३७ मत प्राप्त गरिन् ।

 

shares