धनगढी उपमहानगरमा कांग्रेस–स्वतन्त्र उम्मेदवारबीच कडा टक्कर

काठमाण्डौ, १६ असार । स्थानीय तह निर्वाचन अन्तर्गत धनगढी उपमहानगरपालिकामा मतगणना जारी रहेको छ ।

साँझ ८ बजेसम्मको ताजा मतपरिणाम अनुसार, नेपाली कांग्रेसका नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसले प्रमुखमा १ हजार १ सय ९५ मत प्राप्त गरेको छ । उनलाई कडा टक्कर दिँदै स्वतन्त्र उम्मेदवार हमालले १ हजार १९ मत प्राप्त गरेका छन् ।

एमालेका दुर्गा जोशीले ६ सय ७६ मत प्राप्त गर्दा माओवादी केन्द्रका राम समझ रानाले २ सय ८९ मत प्राप्त गरेका छन् ।