Breaking News

सत्यमोहन जोशीलाई लीलध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्रदान

काठमाण्डौ, १६ असार । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई लीलध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा लीलध्वज थापा साहित्य प्रतिष्ठानले शताब्दीपुरुष जोशीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यकार लीलध्वज थापाको ९७ औं जन्मजयन्तीको उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा सारदा सुवेदीद्वारा लिखित मनसँग एकछिन मुक्तक संग्रह र विजयध्वज थापाद्वारा लिखित घुम्दाघुम्दै अद्भुत गुफा , यात्रा संग्रह लोकार्पण गरिएको थियो ।

shares