September 21, 2017

जिम्बाबेले श्री लंकालाई ६ विकेटले हरायो

काठमाण्डौ, १६ असार । श्री लंका भ्रमणमा रहेको जिम्बाबेले श्री लंकामाथि ६ विकेटको विजय हासिल गरेको छ । याे जिम्बाबेले श्री लंका मैदानमा पछ्याएकाे सर्वाधिक ठूलाे स्काेर पनि हाे ।

गल्ले अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा श्री लंकाले टस जितेर पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३ सय १६ रन बनायो । उसका लागि दनुस्खा गुनाथिलाकाले ६०, कुसल मेन्डिजले ८६, उपल थारांगाले ७९ र कप्तान एन्जोलो म्याथुजले ४३ रनको पारी खेले ।

जिम्बाबेका लागि तेन्दी चतराले २ विकेट लिँदा सिन विलियम्स, ग्रेमी क्रिमर, र सोलोमन मिरले समान १–१ विकेट लिए ।

३ सय १७ रनको लक्ष्य पाएको जिम्बाबेले ४ विकेटको क्षतिमा ४७.४ ओभरमा नै ३ सय २२ रन बनायो । जिम्बाबेका लागि सोलोमन मिरले १ सय १२ रनको पारी खेले । त्यस्तै सिन विलियम्स र सिकन्दर राजाले अर्धशतकीय पारी खेल्दा मालकल्म वालरले विस्फोटक ४० रनको पारी खेले ।

श्री लंकाका लागि असेला गुनरात्नेले २ विकेट लिए । त्यस्तै लासिथ मालिंगा र अकिला दनन्जयले पनि समान ११ विकेट लिए ।

श्री लंका भ्रमणमा रहेको जिम्बाबेले ५ एकदीवसीय क्रिकेट र १ टेस्ट खेल्नेछ ।