Breaking News

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गर्दै अभिमूखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ, १६ असार । सरकारले नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुका लागि स्थानीय तहमा कानून तथा बजेट निर्माण सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले नम्बर ३ का स्थानीय तहका प्रमुख र उपप्रमुखका साथै अन्य जनप्रतिनिधिका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमा जनप्रतिनिधिहरुलाई स्थानीय तहको योजना, बजेट तर्जुमा, बजेट तर्जुमा गरिएका फारमहरुको प्रयोग लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो । त्यस्तै कार्यक्रममा योजना तर्जुमा तथा बजेट निर्माणको चरणहरुका बिषयमा पनि जानकारी गराइएको थियो ।

सरकारले हालै ल्याएको नयाँ बजेटको १७ दशमलव ६ प्रतिशत स्थानीय तहका लागि छुट्याएको छ । अभिमूखीकरणमा स्थानीय तहको नमूना योजना तथा बजेट निर्माण अभ्यास पनि गराइएको थियो ।

shares