September 21, 2017

कोहलपुर नगरपालिकाको विभिन्न वडाकाे मत परिणाम सार्वजनिक, कांग्रेसकाे वर्चस्व

कमला हमाल / काठमाण्डौ, १६ असार । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले विजयी सु्रुवात गरेको छ । कोहलपुर नगरपालिका वडा नम्वर १५ मा नेपाली कांग्रेसका पतिराम थारु अध्यक्ष सहित प्यानल नै विजयी भएको छ ।

 

उनी ७ सय ७१ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उम्मेदवारले ६ सय ७१ मत प्राप्त गरे । त्यस्तै महिला सदस्य अनिता बुढा क्षेत्रीले ७ सय ५८, दलित महिला सदस्य प्रिया बस्फोरले ६ सय १३, सदस्य सन्तु कुमार थारुले ७ सय ७१ र अर्का सदस्य गुडु थारुले ६ सय १ मत प्राप्त गरे ।

त्यस्तै कोहलपुर १ नम्वर वडा भने नेकपा एमालेका गोपी खनाल सहित प्यालन नै विजयी भएको छ । अहिले वडा नम्वर २ को मतगणना जारी छ ।

त्यस्तै राप्ती सोनारी गाँउपालिकामा वडा नम्वर १ कुशुममा नेपाली कांग्रेसका चन्द्र बहादुर वली अध्यक्षमा विजयी भएका छन् । कांग्रेसले १ जना महिला सदस्य बाहेक सबै प्यानलै जित हात पारेको हो । त्यस्तै राप्तिसोनारी गाँउपालिका वडा ९ मा वडा अध्यक्ष नेपाली कांग्रेसकै महाविर वली सहित प्यानलै विजयी भएको हो ।