July 26, 2017

सुर्के थैलीको नयाँ रेकर्ड, २ करोड पटक हेरियो

काठमाण्डौ, १६ असार । चलचित्र ‘वडा नम्बर ६’ जति दरिलो सावित भयो, त्यति नै मात्रामा गीतसंगीत पनि उत्तिकै खरो रुपमा उत्रिए ।

‘वडा नम्बर ६’ को चर्चित गीत ‘सुर्के थैली’ ले नेपाली सांगीतिक इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ । यो गीतलाई युट्युबमा २ करोडभन्दा बढिपटक हेरिएको छ । राजनराज शिवाकोटीको शब्द, संगीत र स्वरमा आबद्ध गीतमा उनका अलावा अन्जु पन्त र राजु विश्वकर्माको स्वर रहेको छ ।

यो गीतको भिडियोमा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, दीपाश्री निरौला आदिले अभिनय गरेका छन् ।

यसपछि आएका उनका सबै गीतलाई उत्तिकै मन पराइएको छ । उनले संगीत भरेको चलचित्र ‘छक्कापञ्जा’ को ‘पूर्व पश्चिम रेल’ बोलको गीतले पनि डेढ करोड बढि भ्युअर्स पाएको छ । त्यस्तै पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘दुइ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीत पनि निकै चर्चामा छ । चलचित्र ‘दुइ रुपैयाँ’ रिलिज हुन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *