विभिन्न दलको जित र अग्रताको स्थिति

काठमाण्डौ, १६ असार । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

कतिपय ठाउँको मतपरिणाम सार्वजनिक भइसकेको छ भने कतिपय ठाउँमा मतपरिणाम जारी छ । साँझ ५ बजेसम्मको मतपरिणाम सार्वजनिक भइसक्दा एमालेले १५ स्थानमा जित्दै १ सय १४ स्थानमा अग्रता कायम राखिराखेको छ । त्यस्तै कांग्रेसले ११ स्थानमा जित्दै १ सय १७ स्थानमा अग्रता बनाइराखेको छ ।

माओवादी केन्द्रले ६ स्थानमा जित हासिल गर्दा ३९ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै अन्यले १ स्थानमा जित्दा १६ स्थानमा अग्रता बनाइराखेका छन् ।