Breaking News

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस–एमाले रोचक प्रतिस्पर्धामा

काठमाण्डौ, १६ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा कायम छ ।

साँझ ५ बजेसम्मको मतगणना अनुसार, कांग्रेसले अग्रता लिइराखेको छ भने एमालेले पछ्याइराखेको छ । कांग्रेसले नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः १ हजार ३ सय ९१ र १ हजार ४ सय ३९ मत प्राप्त गरेको छ । एमालेले प्रमुखमा १ हजार २ सय ७४ मत प्राप्त गर्दा उपप्रमुखमा १ हजार २ सय २८ मत प्राप्त गरेको छ ।

त्यस्तै माओवादी केन्द्रले प्रमुखमा ५ सय ७ र उपप्रमुखमा ४ सय ८३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेको छ । अर्काे पार्टी राप्रपाले भने प्रमुखमा ३ सय ८९ र उपप्रमुखमा १ सय ३२ मत प्राप्त गरेको छ ।

shares