Breaking News

कुमारी बैंकको एकीकृत कारोबार सुरु

काठमाण्डौ, १६ असार । कुमारी बैंकले चार वित्तीय संस्थाहरु गाभेर आजदेखी एकीकृत कारोबार सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि गर्न दिएको निर्देशन अनुरुप बैंकले अन्य वित्तीय संस्थासँग मिलेर कारोबार सुरु गरेको हो । काठमाण्डौमा आज राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवि नेपालले एकीकृत कारोबारको उद्घाटन गरेका हुन् ।

कुमारी बैंकसँग काठमाण्डौ डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड गाभिएका हुन् । मर्जरसँगै बैंकको कर्पोरेट शाखा ७४ पुगेको छ ।

shares