September 23, 2017

‘ट्युबलाइट’ सलमानको १ सय करोड कमाउने ११ औं फिल्म

काठमाण्डौ, १६ असार । बलिउडमा ‘भाईजान’ भनेर चिनिने सलमान खान यतिबेला सफल नायकका रुपमा चिनिन्छन् । साथै उनको फिल्मिले व्यवसायिक सफलताको स्वाद पनि चाखिराखेको छ ।

भरखरै प्रदर्शनमा आएको उनको फिल्म ‘ट्युबलाइट’ पनि भारु. १ सय करोड क्लबमा सामेल भएको छ । यो सँगै सलमानको ११ वटा फिल्म १ सय करोड क्लबमा सामेल भएको छ । यो संख्या कुनै पनि बलिउड अभिनेताका लागि सर्वाधिक संख्या हो ।

यद्दपि ‘ट्युबलाइट’ लाई लिएर उनका प्रशंसकहरुले पनि नाक खुम्चाएका छन् । धेरैले यो फिल्मलाई लिएर नकारात्मक टिप्पणी गरेका छन् ।