फिफा कन्फिडेरेसन्स कप उपाधिका लागि जर्मनी र चिली भिड्ने

निलम / काठमाण्डौ, १६ असार । फिफा कन्फिडेरेसन्स कप फुटबलको उपाधिका लागि जर्मनी र चिली भिड्ने भएका छन् ।

दोस्रो सेमिफाइनलमा मेक्सिकोमाथि ४–१ को जित निकाल्दै विश्व विजेता जर्मनीले चिलीसँगको उपाधि भिडन्त पक्का गरेको हो । लियोन गोरेट्काले क्रमशः छैठौं र आठौं मिनेटमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए । ५९ औं मिनेटमा टिमो वेरमरले जर्मनीको अग्रता तेब्बर पारे । ८९ औं मिनेटमा मेक्सिकोका मार्को फाबियानले सान्त्वनाको रुपमा १ गोल फर्काए । खेल सकिन केही समय बाँकी रहँदा आमिन युनिसले १ गोल थप्दै जर्मनीको लागि ४–१ को जित सुनिश्चित पारे ।

यसअघि पोर्चुगललाई पेनाल्टी शुटआउटमा ३–० ले पराजित गर्दै चिली फाइनल पुगेको थियो । फाइनल खेल आगामी आइतबार जुलाई २ मा हुनेछ ।