बाजुराको पाण्डवगुफा गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बाजुरा, १६ असार । बाजुराको पाण्डवगुफा गाँउपालिकाको अध्यक्षमा र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका कालीबहादुर शाही १४ सय ५१ मतका साथ पाण्डवगुफाको अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४ सय ९० मत ल्याएर विजयी भएकी छन् । अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार सुन्दर बिष्टले ९ सय ८९ मत ल्याए भने उपाध्यका प्रतिस्पर्धी कांग्रेसकै तारा रोकायाले ९ सय ८७ मत ल्याएकी छन् ।