August 24, 2017

घामबाट यसरी जोगाउनुहोस् छालालाई–

काठमाण्डौ, ११ वैशाख । गर्मी मौसम सुरु भइसकेको छ । विशेषगरी घामबाट छाला जोगाउन निकै मुश्किल परिरहेको छ ।

घामबाट जोगिनका लागि तपाईले घामलाई छल्नुपर्ने हुन्छ । तर यो पनि त्यति व्यवहारिक हुँदैन । घाममा हुने हानिकारक युभि किरणबाट छाला जोगाउनु पर्छ ।

सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पुर्‍याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । यसका लागि सनब्लक क्रिमको प्रयोग गर्नुपर्छ ।

 

घरबाहिर निस्किनु १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई तीनघन्टा बाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । त्यसैगरी स्विमिङ खेल्ने वा अरु नै खेलकुदमा सहभागी हुनेले वाटरफ्रुफ सनस्क्रिन प्रयोग गर्दा राम्रो हुन्छ ।

घरेलु उपचारले पनि छालाको हेरचाह गर्न सकिन्छ । थोरै दही, बेसार, थोरै कागतीको रस र टमाटरको रस मिसाएर अनुहारमा लगाउनुहोस् । बेसनलाई स्क्रबका रुपमा प्रयोग गर्न सकिन्छ भने दुध वा गुलाबजलले अनुहार सफा गर्न सकिन्छ ।

त्यसैगरी थोरै मेवाको गुदी र त्यसमा मह मिसाएर आफ्नो अनुहारमा दल्नुपर्छ । केही समय राखेपछि धुँदा यसले पनि सूर्यका हानिकारक किरणबाट छालालाई जोगाउँछ ।