प्रधानन्यायाधीशमा सर्वसम्मतले पराजुलीको नाम सिफारिश

काठमाण्डौ, १५ असार । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको छ ।

यसअघि झण्डै एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अ‍ोलीले समय मागेपछि उनको नाम सिफारिस हुनबाट राेकिएकाे थियाे ।

यद्दपि अब पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त हुन संसदीय सुनुवाईकाे निर्णय कुर्नुपर्नेछ ।