Breaking News

धनकुटा नगरपालिकामा एमाले कांग्रेसभन्दा ४ सय बढि मतले अघि

काठमाण्डौ, १५ असार । प्रदेश नम्बर १ अन्तर्गत घनकुटा नगरपालिकामा मतगणना जारी रहेको छ ।

७ स्थानीय तह रहेको धनकुटामा दोस्रो चरणमा निर्वाचन भएको हो । धनकुटा नगरपालिकाको ताजा मतगणना हेर्दा एमालेले अग्रता कायम गरिराखेको छ । ताजा अवस्थामा एमालेले ५ सय ४५ मत प्राप्त गर्दा कांग्रेस १ सय २४ मतका साथ पछाडि रहेको छ ।

तेस्रो स्थानमा रहेको माओवादीले ८७ मत प्राप्त गरेको छ भने राप्रपाले ५५ मत प्राप्त गरेको छ ।

shares