Breaking News

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा

काठमाण्डौ, १५ असार । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्बर १ मा पर्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा कायम छ ।

प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेस एमालेभन्दा थोरै अगाडि रहेको छ । कांग्रेसले प्रमुखमा ४ सय ९६ मत प्राप्त गर्दा उपप्रमुखमा ५ सय १ मत ल्याएको छ । त्यस्तै एमालेले प्रमुखमा ४ सय २७ मत प्राप्त भएको छ भने उपप्रमुखमा ४ सय २६ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको माओवादीले भने तेस्रो छुन सकेको छैन । माओवादीले प्रमुखमा ३२ मत प्राप्त गरेको छ भने उपप्रमुखमा ३५ मत प्राप्त गरेको छ ।

shares