कैलालीमा नेपाली भाषा शिक्षण पूनर्ताजगी तालिम सम्पन्न

काठमाण्डौ, ११ वैशाख । ‘रुम टु रिड’ र ‘वेस कैलाली’ को साझेदारी एवं जिल्ला शिक्षा कार्यालय कैलालीको समन्वयमा संचालित एकिकृत साक्षरता कार्यक्रम अन्तर्गत नेपाली भाषा शिक्षण पूनर्ताजगी तालिम सम्पन्न भएको छ ।

चैत्र २४ देखि सुरु भएको कार्यक्रम आज सकिएको हो । कार्यक्रममा धनगढी, श्रीपुर गेटा, उर्मा र लिक्मा स्रोत केन्द्रका ४० विद्यालयका ८० जना शिक्षक शिक्षिकाहरुलाई पढाइ सीप विकासका ५ वटा तत्वमा आधारित शैक्षणिक  तालिम प्रदान गरिएको थियो ।

सन् २०१५ देखि संचालित साक्षरता कार्यक्रमको सान्दर्भीकरणका बारेमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको साक्षरता कार्यक्रम ‘वेस कैलाली’ संयोजक पुजा सिंह घर्तीले बताइन् । तालिममा चारवटै स्रोत केन्द्रका स्रोत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

१६ दिन सम्म संचालित कार्यक्रममा अधिकृत राजन सापकोटा, कार्यक्रम सहायक केशव गुरागाईं, शैक्षणिक ढाँचा निर्धारण तथा शिक्षक सहयोग विभागका कार्यक्रम सहायक अनन्त वाग्ले, र वेस कैलालीका सहजकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।