September 25, 2017

अछाम, कमलबजार नगरपालिका-२ मा कांग्रेसको प्यानलै विजयी

अछाम, १५ असार । अछामको कमल बजार नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

नेपाली कांग्रेसका रण बहादुर खड्का १ सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका बहादुर बिष्टले १ सय ७७ मत ल्याए । उनी मात्र २० मतले चुक्न पुगे ।

यता माओवादी केन्द्रका प्रेम भण्डारी भने निकै पछाडि परे । उनले जम्मा ३७ मत प्राप्त गरेका छन् ।