Breaking News

रुकुमको सिस्ने गाउँपालिकामा पनि मतगणना सुरु

काठमाण्डौ, १५ असार । दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ५ अन्तर्गत रुकुम जिल्लाको सिस्ने गाउँपालिकामा मतगणना सुरु भएको छ ।

सिस्ने गाउँपालिका अन्तर्गत वडा नम्बर ८ बात मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्दपि जिल्लाको पुथा उत्तरगंगा र भुमे गाउँपालिकामा भने सर्वदलीय बैठकको तयारी भइरहेको बताइएको छ ।

मतपेटिका आउने क्रम जारी रहेकोले मतगणनामा स्वभाविक रुपमा ढिलो भएको निर्वाचन कार्यालयले बताएको छ ।

shares