September 20, 2017

पाल्पाको तानसेन नगरपालिका प्रमुख / उपप्रमुखमा एमालेको अग्रता

काठमाण्डौ, १५ असार । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन भएका प्रदेश नम्बर १, ५ र ७ मा मतगणना जारी रहँदा विभिन्न दलले अग्रता कायम गरेका छन् ।

प्रदेश नम्बर ५ अन्तर्गत पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले राम्रो पकड बनाइराखेको छ । प्रमुखमा एमालेले १ सय १७ मत प्राप्त गर्दा कांग्रेसले ५७ मत प्राप्त गरेको छ भने माओवादी केन्द्र कमजोर देखिएको छ । उसले जम्मा १४ मत प्राप्त गरेको छ ।

त्यस्तै उपप्रमुखमा पनि १ सय ८ मतका साथ एमाले अग्रस्थानमा छ । ६७ मतका साथ कांग्रेसले पछ्याइरहँदा माओवादी केन्द्रले १८ मत प्राप्त गरेको छ ।