Breaking News

मौन अवधिमा पत्रकार सम्मेलन गरेको भन्दै ओलीलाई निर्वाचन आयोगको पत्र

काठमाण्डौ, १४ असार । मौन अवधिमा पत्रकार सम्मेलन गरेको विषयमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।

आयोगले प्रेस चौतारीलाई समेत स्पष्टीकरण मागेको छ । मौन समय चलिरहेका बेला चौतारीको आयोजनामा अध्यक्ष ओलीले सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका थिए ।

आचार संहिताविपरीत पत्रकार सम्मेलन गरेको भन्दै ओलीविरुद्ध उजुरी परेपछि ओलीलाई पत्र पठाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

shares