Breaking News

अबदेखि बेलायतका विद्यालयमा विद्यार्थीहरुले चक्कु बोके नबोकेको थाहा हुने

काठमाण्डौ, १४ असार । बेलायतका विद्यालयमा विशेष सुरक्षा मापदण्ड अभियान अन्तर्गत विद्यार्थीहरूले चक्कु बोके/नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।

विद्यालय पस्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउन ‘मेटल डिटेक्टर’ जडान गर्न लागिएको लण्डन महानगर कार्यालयले जनाएको छ । नगरप्रमुख सादिक खानले यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने बताएका छन् ।

पछिल्लो समयमा बेलायतमा चक्कु आतंक मच्चिएको छ । यस वर्षमात्र विद्यालयहरूमा चक्कु प्रहारबाट २४ जनाको ज्यान गएको छ । हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ वर्षमुनिका छन् ।

युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिएका छन् ।

shares