September 26, 2017

श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा ६ महिना निलम्बनमा

काठमाण्डौ, १४ असार । श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौताको शर्तहरू उल्लंघन गरेको स्वीकारेपछि मालिंगा ६ महिना निलम्बनमा परेका हुन् । साथै मालिंगाले आगामी खेलका लागि पाउने खेल शुल्कको ५० प्रतिशत जरिवाना पनि तिर्नु पर्नेछ । श्रीलंकाका खेलकुदमन्त्रीविरुद्ध मिडियामा आफ्नो धारणा राखेपछि उनीमाथि सम्झौताको शर्त उल्लंघनको आरोप लागेको थियो ।

श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौता अनुरुप कुनै खेलाडीले बोर्डसँग सहमतिबिना विवादास्पद मुद्दाबारे मिडियामा आफ्नो धारणा प्रस्तुत गर्न पाइँदैन । मालिंगामाथि एक वर्षको प्रतिबन्ध लगाइए पनि ६ महिनाको अवधिमा पुनः गल्ती दोहोर्‍याएकाे खण्डमा मात्र अर्को ६ महिना प्रतिबन्ध लाग्नेछ ।