September 23, 2017

फेसबुकका मासिक २ विलियन सक्रिय प्रयोगकर्ता

काठमाण्डौ, १४ असार । फेसबुक प्रयोगमा आएसँगै यसले लोकप्रियता पाउने क्रम पनि जारी छ ।

सन् २००४ मा सर्वप्रथम प्रयोगमा आएको १३ वर्षपछि र १ विलियन प्रयोगकर्ता पुगेको ५ वर्षभित्रमा नै सामाजिक सञ्जाल ‘फेसबुक’ ले विश्वभरि मासिक २ विलियन सक्रिय प्रयोगकर्ता रहेको बताएको छ । ‘युट्युव’ लाई पछि पार्दै फेसबुकले यो सफलता पाएको हो ।

यसका साथै ह्वाट्सएप र फेसबुक म्यासेन्जरको मासिक १.२ विलियन प्रयोगकर्ता रहेका छन् ।