Breaking News

धानमा मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य

काठमाण्डौ, १४ असार । सरकारले आगामी आर्थिक बर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ ।

१४ औं राष्ट्रिय धान दिवसको पूर्व सन्ध्यामा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले बुधबार राजधानीमा आयोजना गरेको ‘नेपालमा धान उत्पादनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सरकारले यस्तो जानकारी गराएको हो ।

कृषि विकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले आगामी आर्थिक वर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य सरकारले राखेको जानकारी दिए । उनका अनुसार आगामी तीन बर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका बिशेष प्राथमिकताका सञ्चालनमा ल्याउने भएको छ ।

धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालु आर्थिक बर्ष २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ । यो परियोजना अन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानवालीलाई समावेश गरिएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धानको खेती हुँदै आएको छ ।

shares