३ पूर्व मन्त्रीले गरे गुल्मीबाट मतदान

शिवलाल सुवेदी / गुल्मी, १४ असार । गुल्मीबाट ३ जना पूर्व मन्त्रीहरुले मतदान गरेका छन् । जिल्लाका फरक फरक मतदान केन्द्रहरुवाट पूर्व मन्त्री प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट र पूर्व राज्यमन्त्री सुर्वण ज्वाराचनले मतदान गरेका हुन् ।

पूर्व मन्त्री प्रदीप ज्ञवालीले रुरु गाउँपालिका ४ बम्घा निम्न माध्यमिक बिद्यालयलको केन्द्रबाट मतदान गरेका हुन् भने पूर्वमन्त्री गोकर्ण बिष्टले इस्मा गाउँपालिका ४ को रामराज्य माध्यमिक विद्यालयको केन्द्रबाट मतदान गरेका हुन् । उनीसँगै उक्त मतदान केन्द्रमा पहिलो मतदाता १ सय १ बर्षीय तुलसादेवी अर्यालले मतदान गरेकी थिइन् ।

त्यस्तै पूर्व राज्यमन्त्री सुर्वण ज्वारचनले सत्यवती गाउँपालिका ६ को ज्ञानोदय प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । त्यस्तै सासंदहरु चन्द्र भण्डारी, दिशोभा पुन, सृजना तरामु लगायत विभिन्न दलका केन्द्रीय नेताहरुले पनि जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् ।