बाजुराको गुम्बा मतदान केन्द्रमा मतदान कार्य सकियोे

बाजुराको गुम्बा मतदान केन्द्रमा मतदान कार्य सकियोे

बाजुरा,१४ असार । जिल्लाकाे हिमाली गाउँपालिका वडा नम्बर ३ को हिमाल भक्ति प्रावि गुम्बा मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएकाे छ ।

जम्मा ३० जना मतदाता रहेको गुम्बा मतदान केन्द्रमा २८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

जस मध्य  एक जना मतदाता भारत गएका र एकको मृत्यु भएका बाहेक सबैले मतदान गरेका छन् । मतपेटिका हेलिकप्टरबाट  ल्याउनुपर्ने भएकाले  मतदान केन्द्रमा नै सुरक्षित साथ राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।