झापामा मतदान गर्नका लागि लाइन बसेका ८२ वर्षीय वृद्धको मृत्यु

झापामा मतदान गर्नका लागि लाइन बसेका ८२ वर्षीय वृद्धको मृत्यु

झापा, १४ असार । जिल्लाकाे दमक नगरपालिकाकाे सरस्वती मावि मतदान केन्द्रमा लाइनमा बसेका एक वृद्धको ज्यान गएको छ ।

दमक नगरपालिका वडा नम्बर ९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको ज्यान गएको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीसंग मतपत्र लिएर मतपेटिका तर्फ गएका बेला हृदयघात भएपछि उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचित भएका थिए ।