एमाले उपाध्यक्ष भीम रावलले गरे मतदान

अछाम,१४  असार । पूर्व उपप्रधान ताथ रक्षामन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ को भागेश्वर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले मतदान गरेपछि भागेश्वर मतदान केन्द्रको मतदान प्रक्रिया शुरु भएको छ । अछाममा विहान पानी परेपनि अहिले मौसम सफा रहेकाे छ । प्रदेश नम्बर ७ को पहाडी जिल्ला अछाममा ४ सय ७५ पदका लागि १ हजार ३ सय ५१ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् । उक्त जिल्लामा जम्मा मतदाता संख्या १ लाख २७ हजार ७ सय ४२ रहेका छन् । भने  १ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ ।