August 17, 2017

युनिस खान टेस्टमा १० हजार रन बनाउने पहिलो पाकिस्तानी खेलाडी

काठमाण्डौ, ११ वैशाख । पूर्व पाकिस्तानी कप्तान तथा ब्याट्सम्यान युनिस खानले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका छन् ।

वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा २३ रन जोड्दै युनिस खान पाकिस्तानबाट टेस्टमा १० हजार रन बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । साथै उनी विश्वभरिबाट टेस्टमा १० हजार रन बनाउने १३ औं ब्याट्सम्यान पनि बनेका छन् ।

योसँगै ३९ वर्षीय युनिस १ सय १६ टेस्ट म्याच खेल्ने सबैभन्दा पाका क्रिकेटर पनि बनेका छन् । यसअघि नै युनिसले याे सिरिजपछि सन्यास लिने घाेषणा पनि गरिसकेका छन् ।