September 20, 2017

सिरिया पुनः रसायनिक आक्रमणतर्फ उद्दत रहेको अमेरिकाको आरोप

काठमाण्डौ, १३ असार । सिरिया सरकार पुनः रसायनिक आक्रमणको तयारीमा रहेको अमेरिकाले आरोप लगाएको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदको नाममा वक्तव्य जारी गर्दै ह्वाइट हाउसले सिरिया सरकार रासायनिक आक्रमणको तयारीमा रहेको गम्भीर सूचना आफूले दाबी गरेको छ । सर्वसाधारण जनतालाई रासायनिक आक्रमणको तारो बनाएर सिरियाले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी समेत अमेरिकाले दिएको छ ।

गत अप्रिलमा पनि सिरिया सरकारले रासायनिक आक्रमण गरी दर्जनौंको ज्यान लिएको विज्ञप्तिमा उल्लेख छ ।