September 23, 2017

काठमाण्डौमा फेरी स्वाइन फ्लु भेटियो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाण्डौ, १३ असार । काठमाण्डौमा फेरी स्वाइन फ्लुुका बिरामी भेटिएसँगै सतर्कता अपनाउन जोड दिइएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जँचाउन पुगेकी एक महिलामा स्वाइन फ्लुुको पुष्टि भएको हो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुलेश्वरकी ३८ वर्षीय एक महिलामा स्वाइन फ्लुुको संक्रमण देखिएको हो ।

गम्भीर खालको रुघाखोकी र ज्वरो आएपछि अस्पतालमा उपचारका लागि आएकी ती महिलामा स्वाइन फ्लुुको शंका लागेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना जाँच गर्दा संक्रमण पुष्टि भएको हो । उनको अहिले अस्पतालमा नै विशेष निगरानीसहित उपचार भइरहेको समेत डाक्टर पुनले जानकारी दिए ।

गत वैशाख पहिलो साता उपचारको लागि उपत्यका भन्दा बाहिरबाट आएका एक ३० वर्षीय पुरुषमा स्वाइन फ्लुु देखा परेको थियो । तर यस पटक भने काठमाण्डौमा नै स्थायी रुपमा बस्ने मानिसमा स्वाइन फ्लुु देखा परेको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।