Breaking News

कर फर्स्याेट आयोग समाधानको महत्वपूर्ण निकाय भएको पूर्व अध्यक्ष श्रेष्ठको दाबी

काठमाण्डौ, १३ असार । पूर्व कर फर्स्याेट आयोगका अध्यक्ष चण्डी श्रेष्ठले कर फर्स्याेट आयोग समाधानको महत्वपूर्ण निकाय भएको दाबी गरेका छन् ।

आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको ‘कर फर्स्याेट आयोगः समस्या कि समाधान ?’ विषयक अन्तरक्रियामा पूर्व कर फर्स्यौट आयोगका अध्यक्ष श्रेष्ठले यस्तो दाबी गरेका हुन् । उनले आयोगले गरेका निर्णय नउल्टीने भन्दै करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राखे ।

श्रेष्ठले चुडामणि शर्मामाथि अख्तियारले गलत नियत राखेर यस्तो व्यवहार गरेको आरोप लगाउँदै आयोगका सदस्य सचिवभन्दा अध्यक्ष मुख्य दोषी हुने भएकोले सदस्यसचिवमाथि मात्रै एकलौटी ढंगले अनुसन्धान तथा कारबाही गर्नु उचित नहुने स्पष्ट पारे ।

कार्यक्रमका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फर्स्याेट आयोगको आवश्यकता नहुने धारणा राखे ।

shares